भट्टीको एक रात

मैलिएको गुन्द्रीमा बसेका युवाको पोका

छछल्किएको छ्याङ्गमा मात्तिएको गफ

मःमः छ तात्ततातो त्यसमा सुकुटी छ बफ


उता एउटाले खोज्न थाल्यो नचाहिदो निहुँ 

आर्कोले भने बजाउन थाल्यो हृदयको बाजा

त्यसै माहोलमा अझ मिसिए छानिएका खाजा


केके भएन कुरा त्यहाँ केके भएन बात

दिन ढल्कदै गयो अब परिसकेको छ रात


कुरा भने सकिन्दैन अब ननाँची बाँचिन्दैन

यहि नारामा युवाको पोका कम्मर मर्काउदै छ

त्यो भट्टीको कुनाकुना आफ्नो गतीमा हल्लाउँदै छ


अब भने कुरा बिग्रीदै छ कसैले आफ्नो मुहार फेर्दै छ

एउटा कुनातिर घिस्रिदै छ अर्को त त्यहीँ ढल्किसक्यो 

युवाको पोका पनि थाकिसक्यो घरतिर आँखा ताकिसक्यो


भट्टीकी दिदी नि रिसाइ सकिन् भाडा माझेर सक्काइ सकिन्

ठुलो स्वरमा कराइ सकिन् समय भयो भन्दै धम्काइसकिन्


पैसाको पनि तनाव छ आमालाई दिनुपर्ने जवाफ छ

आज युवाका पोकाको दिन यतिकैमा गयो 

अब बल्ल घरतिर लम्किने दवाब छ

Comments

Popular posts from this blog

Arrogance

जाडोको मौसम

Point Clouds and Tree Metrics: Flying on Top of Trees with Remote Sensing