Posts

Showing posts from April, 2024

ए ! के भयो आज ?

ए ! के भयो आज  ? आजको दिन नै बेकार छ । हावामा केरकार छ मनमा भाराभार छ   झ्याउकिरीको आवाज लाग्दैछ मधुरो मेरो जीवनको यात्रा लाग्दैछ अधुरो ए ! के भयो आज  ? आजको दिन नै बेकार छ ।   दियोको बत्ती तेल सकेपछी निभे जस्तो मेरो जिन्दगीको उकालो अचानक झरे जस्तो   ए ! के भयो आज  ? आजको दिन नै बेकार छ ।   बारम्बार   मुठ्ठीबाट बगेको बलुवा जस्तो जिन्दगी नामक यो गन्तव्यमा नै हराएको जस्तो ए ! के भयो आज  ? आजको दिन नै बेकार छ ।   म टोलाउँछु भित्रभित्रै बौलाउँछु बाहिरको हासो मानौ मैलो फोहोर फुस्रो ए ! के भयो आज  ? आजको दिन नै बेकार छ ।   अब अर्को दिनको पर्खाईमा ढल्के म   लौ ! सुन्दर कलको   लोभमा पल्के म   आखिर के भएको थियो र आज  ? आजको दिन नै बेकार रहेछ ।।