Posts

Showing posts from March, 2024

भट्टीको एक रात

मैलिएको गुन्द्रीमा बसेका युवाको पोका छछल्किएको छ्याङ्गमा मात्तिएको गफ मःमः छ तात्ततातो त्यसमा सुकुटी छ बफ उता एउटाले खोज्न थाल्यो नचाहिदो निहुँ  आर्कोले भने बजाउन थाल्यो हृदयको बाजा त्यसै माहोलमा अझ मिसिए छानिएका खाजा केके भएन कुरा त्यहाँ केके भएन बात दिन ढल्कदै गयो अब परिसकेको छ रात कुरा भने सकिन्दैन अब ननाँची बाँचिन्दैन यहि नारामा युवाको पोका कम्मर मर्काउदै छ त्यो भट्टीको कुनाकुना आफ्नो गतीमा हल्लाउँदै छ अब भने कुरा बिग्रीदै छ कसैले आफ्नो मुहार फेर्दै छ एउटा कुनातिर घिस्रिदै छ अर्को त त्यहीँ ढल्किसक्यो  युवाको पोका पनि थाकिसक्यो घरतिर आँखा ताकिसक्यो भट्टीकी दिदी नि रिसाइ सकिन् भाडा माझेर सक्काइ सकिन् ठुलो स्वरमा कराइ सकिन् समय भयो भन्दै धम्काइसकिन् पैसाको पनि तनाव छ आमालाई दिनुपर्ने जवाफ छ आज युवाका पोकाको दिन यतिकैमा गयो  अब बल्ल घरतिर लम्किने दवाब छ

जाडोको मौसम

जाडोको मौसममा आहा तातो न्यानो आगो त्यही आगोको झिल्कामा मुस्कुराएका मुहार खित्का छोडिएर आङ्ग मोडिएर जोडको रवाफ सबै खुल्ला छ मज्जा छ दिनुछैन कसैलाई जवाफ  एउटाको कुरा सुनी अर्कोको कुरो पनि थपियो त्यही बातको मात लागि सबैको भनाई नि पोखियो आगोको लप्कोमा अझै काठको सँगम मिसियो गोलो घेरा एउटा सानो परिवार भनी त्यही समय टुङ्गियो अब आगो सुक्दै छ उसको ज्वाला रुक्दै छ चिसो हावाको झुलामा बातको लम्बाइ पुग्दै छ काठको चिरा सकिसक्यो मनको पिडा बढीसक्यो घरतिर आँखा पुगी सक्यो आगोको राप घटिसक्यो आजको रात अब सक्किने तर्खरमा जुटियो टोपिले कान छोपियो ओड्नेले कन्धा ओढियो कोइलालाई फ्यकियो अब यसको केही काम रहेन सबै जना सुरसुर गन्तब्यतिर लागे अब आगोको केहि राप रहेन