ए ! के भयो आज ?
ए ! के भयो आज ?
आजको दिन नै
बेकार छ ।
हावामा केरकार छ
मनमा भाराभार छ
झ्याउकिरीको आवाज लाग्दैछ मधुरो
मेरो जीवनको यात्रा लाग्दैछ अधुरो
ए ! के भयो आज ?
आजको दिन नै बेकार छ ।
दियोको बत्ती तेल सकेपछी निभे जस्तो
मेरो जिन्दगीको उकालो अचानक झरे जस्तो
ए ! के भयो आज ?
आजको दिन नै बेकार छ ।
बारम्बार मुठ्ठीबाट बगेको बलुवा जस्तो
जिन्दगी नामक यो गन्तव्यमा नै हराएको जस्तो
ए ! के भयो आज ?
आजको दिन नै बेकार छ ।
म टोलाउँछु भित्रभित्रै बौलाउँछु
बाहिरको हासो मानौ मैलो फोहोर फुस्रो
ए ! के भयो आज ?
आजको दिन नै बेकार छ ।
अब अर्को दिनको पर्खाईमा ढल्के म
लौ ! सुन्दर कलको लोभमा पल्के म
आखिर के भएको थियो र आज ?
आजको दिन नै बेकार रहेछ ।।
हावामा केरकार छ
मनमा भाराभार छ
झ्याउकिरीको आवाज लाग्दैछ मधुरो
मेरो जीवनको यात्रा लाग्दैछ अधुरो
ए ! के भयो आज ?
आजको दिन नै बेकार छ ।
दियोको बत्ती तेल सकेपछी निभे जस्तो
मेरो जिन्दगीको उकालो अचानक झरे जस्तो
ए ! के भयो आज ?
आजको दिन नै बेकार छ ।
बारम्बार मुठ्ठीबाट बगेको बलुवा जस्तो
जिन्दगी नामक यो गन्तव्यमा नै हराएको जस्तो
ए ! के भयो आज ?
आजको दिन नै बेकार छ ।
म टोलाउँछु भित्रभित्रै बौलाउँछु
बाहिरको हासो मानौ मैलो फोहोर फुस्रो
ए ! के भयो आज ?
आजको दिन नै बेकार छ ।
अब अर्को दिनको पर्खाईमा ढल्के म
लौ ! सुन्दर कलको लोभमा पल्के म
आखिर के भएको थियो र आज ?
आजको दिन नै बेकार रहेछ ।।
Comments
Post a Comment