जाडोको मौसम
जाडोको मौसममा आहा तातो न्यानो आगो
त्यही आगोको झिल्कामा मुस्कुराएका मुहार
खित्का छोडिएर आङ्ग मोडिएर जोडको रवाफ
सबै खुल्ला छ मज्जा छ दिनुछैन कसैलाई जवाफ
एउटाको कुरा सुनी अर्कोको कुरो पनि थपियो
त्यही बातको मात लागि सबैको भनाई नि पोखियो
आगोको लप्कोमा अझै काठको सँगम मिसियो
गोलो घेरा एउटा सानो परिवार भनी त्यही समय टुङ्गियो
अब आगो सुक्दै छ उसको ज्वाला रुक्दै छ
चिसो हावाको झुलामा बातको लम्बाइ पुग्दै छ
काठको चिरा सकिसक्यो मनको पिडा बढीसक्यो
घरतिर आँखा पुगी सक्यो आगोको राप घटिसक्यो
आजको रात अब सक्किने तर्खरमा जुटियो
टोपिले कान छोपियो ओड्नेले कन्धा ओढियो
कोइलालाई फ्यकियो अब यसको केही काम रहेन
सबै जना सुरसुर गन्तब्यतिर लागे अब आगोको केहि राप रहेन
Comments
Post a Comment